17th April | 2021 | Saturday | 10:52:16 PM

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णय

  POSTED ON : फाल्गुन १७, २०७७ (१२:१२ PM)

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णय

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने बताउँदै भन्नु भयो, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी र केन्द्रीय कमिटिको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । र साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ।’ बैठक कहिले बस्ने भन्ने मिति भने तय हुन सकेको छैन । 


Views: 79