काठमाडौं। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा उक्त निर्णय गरेको हो । यसअघि बसेको बैठकमा छलफल भएपनि निर्णय भएको थिएन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गरेसँगै १३ दिन भित्र बैठक बस्न आदेश जारी गरेको थियो।
Views: 73