पोखरा । गृहमन्त्री एवम् ओलीपक्षीय नेकपाका नेता रामबहादु थापा ‘बादल’ ले ‘कम्फर्टेबल सरकार’ को कुरा गरेर राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने प्रयास भएको बताउनु भएको छ ।
सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले यस्तो बताउनु भएको हो ।
उहाँले प्रचण्डतिर संकेत गर्दै भन्नुभयो, ‘एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’
आफूहरूले अदालतको फैसला मानेपनि यसले देशलाई अस्थिरतातर्फ धकेलेको बादलको बताउँदै भन्नुभयो्, ‘शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले अदालतको फैसला मान्छौं । तर, यो फैसला स्थिरताका पक्षमा भएको छैन । अदालतको यो फैसलाले हामीले मान्दा मान्दै पनि देशलाई अस्थिरतातिर धकेलेको छ ।’
गृहमन्त्री बादलले पार्टी एकता जोगाउने हो भने प्रचण्ड–माधवलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसरसमेत मिलेको टिप्पणी गर्नुभयो । उहाँले पार्टी एकता जोगाउने अन्तिम अवसर भएको भन्दै प्रचण्ड–माधव पक्षलाई भदौ २६ को निर्णयमा फर्किन प्रस्ताव गर्नुभयो ।
आफूहरू एकताको पक्षमा भए पनि प्रचण्ड–माधव पक्ष फुट, गुट र अस्थिरताको पक्षमा लागेको उहाँको आरोप थियो ।
Views: 87