11th April | 2021 | Sunday | 7:23:50 PM

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १७, २०७७ (४:१५ PM)

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले पुस ५ गते संसद सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्ताव अगाडि नबढाउने संकेत देखाएको छ । प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने तयरी भइरहेको यो पक्षले बताएको छ । 

९० जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको प्रस्तावको वैधानिकतामाथि समेत प्रश्न उठेको थियो । पुस ५ गतेकोको अविश्वास प्रस्ताव अघि बढाउन कांग्रेस, जसपालगायतका दलहरुले सो प्रस्तावलाई समर्थन जनाउने सम्भावना समेत नदेखिएपछि प्रचण्ड–माधव पक्ष पछि हटेको हो ।

स्रोतका अनुसार यसअघिको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थितिअनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव लैजाने तयारीमा प्रचण्ड–नेपाल पक्ष छ । 

सोमबार बिहान बसेको यस पक्षको सचिवालय बैठकमा समेत यसबारेमा छलफल भएको र अन्य दलहरुसँग समेत परामर्श गरेर नयाँ ढंगले जानुपर्ने छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेकोमा फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि प्रचण्ड–नेपाल पक्षले कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव गरे पनि सहमति भइसकेको छैन ।


Views: 134