17th April | 2021 | Saturday | 10:16:50 PM

ममाथि शारीरिक हमला भयो भने पनि षडयन्त्र पूरा हुन दिइन्न : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १७, २०७७ (५:३६ PM)

ममाथि शारीरिक हमला भयो भने पनि षडयन्त्र पूरा हुन दिइन्न : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माथि सबै खालका प्रहार भइरहेकाले कुनै पनि बेला भौतिक रुपमा समेत प्रहार भए अनौठो नमान्न आग्रह गर्नुभएको छ । तर, उहाँले देश निर्माण गर्ने आन्दोलनबाट कोही पनि पछि हट्न नहुने समेत स्पष्ट पार्नुभयो ।

सोमबार पोखरामा नेकपाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा आफू रहेको र पार्टी र सरकार ठिक ढंगले अघिबढेकोले आफू माथि व्यापक हमला भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सम्पूर्ण रुपमा म माथि अति तिब्र गतिले हमला भइरहेको छ, म माथि कुनै शारीरिक हमला भयो वा मेरा ज्यान नै तलमाथि भै हाल्यो भने पनि तपाईँहरुले अनौठो नमान्नुहोला’, प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

विरोधीको यो षडयन्त्रलाई पुरा हुन भने नदिने ओलीले घोषणा समेत गर्नुभयो । उहाँले भन्नुनभयो ‘हामी त्यस्तो हुने दिँदैनौँ सतर्कता अपनाउँछौँ, म रहिन भने पनि केही छैन, पार्टी छ, आन्दोलन रहन्छ, यो आन्दोलनले प्रतिक्रियावादीको सामू घुँडा टेक्नु हुँदैन, देशलाई अन्धकारमा जान दिनुहुँदैन, यस पार्टीलाई तलमाथि हुनदिनु हुँदैन’, प्रधानमन्त्रीले भन्नुभयो ।


Views: 84