18th April | 2021 | Sunday | 12:22:56 AM

मलाई हटाउन सजिलो छैन, हटाई हाले दुई तिहाइ मत ल्याएर सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १८, २०७७ (४:२५ PM)

मलाई हटाउन सजिलो छैन, हटाई हाले दुई तिहाइ मत ल्याएर सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मत ल्याएर सिंहदरबारमा फर्किने दावी गर्नुभएको छ । 

 उहाँले अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको बताउँदै अब डेढ दुई वर्षपछि हुने चुनावमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किने बताउनु भयो ।

आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्दा हाल्न नजाने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अदालतले संसद ब्यूँतायो त के भयो रु ठिकै छ । प्रमको हिसाबमा मेरो काम अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गते अधिवेशन बस्छ । राम्ररी चलाउने प्रयास हुन्छ । सकारात्मक भूमिका खेल्छु ।’

उहाँले आफू राजनीतिक मान्छे भएकाले अन्याय भयो भने दरखास्त हाल्न, निवेदन हाल्न जनताकोमा आउने बताउँदै भन्नुभयो– मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशीसाथ हट्छु । तर मलाई हटाउन सजिलो छैन । अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव त हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’



Views: 158