11th April | 2021 | Sunday | 6:36:07 PM

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १९, २०७७ (६:०१ PM)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

काठमाडौं । सरकारी वार्ता टोली र विप्लव समूहको टोली  बीच आज एकैदिन दुई चरणमा वार्ता भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्वीटमार्फत सो जानकारी दिनुभएको छ । उहाँका अनुसार आज दुई चरणमा भएको वार्ता विषयमा केन्द्रित भएको छ ।

‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले लेख्नुभएको छ ।

बुधबार विहान र साँझ गरि दुई चरणमा वार्ता भएको उहाँले बताउनु भएको छ ।


Views: 69