11th April | 2021 | Sunday | 7:10:37 PM

कांग्रेस पदाधिकारी बैठक अनिर्णित

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २०, २०७७ (८:२७ PM)

कांग्रेस पदाधिकारी बैठक अनिर्णित

काठमाडौं । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । 

विहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेस भित्र पुर्नस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ । सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिर्वर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसंग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

पदाधिकारी बैठकको अनिर्णय संग कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो“बैठकमा साझा धारणा बनाउने र ठिक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठिक ठंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा  सांसदहरुको धारणाका साथ गर्छौ । अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा । कांग्रेसले अपरिपक्को रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ । गोलपोष्ट भित्रै गोल गर्ने गरि ठिक ढंगले राख्छौ । पोल बारिह गोल जान दिदैनौ । भोली संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठिक समयमा ठिक निर्णय गर्छ । ”

 कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा प्रचण्ड माधव समूहले नेपाली कांग्रेसका पदाधिकारीसंग छलफल गर्ने बताएको छ ।

File photo

Views: 138