11th April | 2021 | Sunday | 6:03:57 PM

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २०, २०७७ (८:३३ PM)

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

वार्तामा भएका सहमतिसहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनतासमक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने बताइएको छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ’बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।


Views: 82