11th April | 2021 | Sunday | 7:06:42 PM

सर्लाहीको हरिपूर्वामा ट्याक्टर पल्टियो, एकको मृत्यु, दुई घाईते

  POSTED ON : फाल्गुन २०, २०७७ (८:३८ PM)

सर्लाहीको हरिपूर्वामा ट्याक्टर पल्टियो, एकको मृत्यु, दुई घाईते

सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । 

छड, सिमेन्टलगायत निर्माण सामग्री बोकेको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिएको हो । ज १ त प्रदेश २ – २२९६९ नम्वरको ट्याक्टरको टेलर पल्टिएर ज ८ प ९२१३ नम्वरको मोटरसाइकललाई समेत किचेको हरिपूर्वाबाट स्थानीय मुकेश झाले जनाएका छन् । दुर्घटनामा ट्याक्टरको टेलरमा बसेका कामदार सर्लाहीकै पर्सा गाउँपालिका–४ का लालबाबु रायका छोरा १८ वर्षीय रवी रायको घटनास्थलमै ज्यान गएको हो । उहाँको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल मलंगवा लाने तयारी भइरहेको छ । 

दुर्घटनामा मोटरसाइकलका चालक धनकौल पूर्वारीकै अन्दाजी २३÷२४ वर्षका ब्रम्हनारायण राय र त्यही ठाउँका अन्दाजी २२÷२३ वर्षका मनोज महतो घाईते हुनु भएको हो । उहाँहरुको हरिपूर्वामा उपचार चलिरहेको छ । दुर्घटनापछि ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।


Views: 85