11th April | 2021 | Sunday | 6:35:22 PM

हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन–प्रधानमन्त्री

  POSTED ON : फाल्गुन २१, २०७७ (४:५७ PM)

हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन–प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनु भएको छ । 

विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पार्नुएको हो । 

ओलीले भन्नुभयो ’एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।’

प्रचण्ड र नेपाल तिर लक्षित गर्दै ओलीले भन्नुभयो ’उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।’

उहाँले ‘आफ्नो पार्टी फुटाएर, सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदेऊ न भन्दै हिंडेका छन् विचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन भन्नुभयो ।

आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पु¥याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको बताउँदै भन्नुभयो ’रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो।’


Views: 75