11th April | 2021 | Sunday | 7:34:56 PM

प्रचण्ड–नेपाल पक्षले गर्यो निर्वाचन आयोगलाई नेकपा आधिकारिकता विवाद निरुपण गर्न आग्रह

  POSTED ON : फाल्गुन २१, २०७७ (५:४० PM)

प्रचण्ड–नेपाल पक्षले गर्यो निर्वाचन आयोगलाई नेकपा आधिकारिकता विवाद निरुपण गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पाँच पृष्ठ लामो पत्र लिएर शुक्रबार दिउँसो राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका पुग्नुभएको थियो । 

आयोग कार्यालय कान्तिपथमा पुगेर नेताहरुले बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले मान्यता नदिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। 

उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका थिए।

जवाफमा थपलियाले यस विषयमा आयोगले आइतबारदेखि छलफल थाल्ने बताएको प्रचण्ड–नेपाल समूहका नेता पाण्डेले जानकारी दिनुभयो ।


Views: 81