काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनु भएको छ । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको कुरा व्यक्त गर्नु भएको हो । नेकपाभित्रको आन्तरिक किचलोमा फस्न नचाहेको जनाउँदै प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको बताउनु भएको हो ।
Views: 63