11th April | 2021 | Sunday | 7:04:06 PM

नेपाल–खनाल समूहको सूदुरपश्चिम प्रदेशमापनि समानान्तर कमिटी

  POSTED ON : चैत्र २५, २०७७ (११:२४ AM)

नेपाल–खनाल समूहको सूदुरपश्चिम प्रदेशमापनि समानान्तर कमिटी

एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सूदुरपश्चिम प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । नेता भीम रावलको उपस्थितिमा आठ जिल्लामा कमिटी गठन गरेको हो । 

दार्चुलाबाहेक ९ जिल्लामा समानान्तर कमिटी बनाइएको हो । कैलाली अध्यक्षमा दीर्घ सोडारी, रावलको गृहजिल्ला अछाममा शेरबहादुर कुँवर अध्यक्ष चयन हुनु भएको छ । यसैगरि बैतडीमा महादेव भट्ट, कञ्चनपुरमा तारा लामा तामाङ, बाजुरामा गगन रावल, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बझाङमा दिलबहादुर सिंहलाई अध्यक्ष तोकिएको छ । 

नेपाल–खनाल समूहले सूदुरपश्चिम प्रदेश इन्चार्ज नियुक्त गरेपछि पछिल्लो समय नेता भीम रावल सूदुरपश्चिम प्रदेशमा सक्रिय हुनुहुन्छ ।

Views: 76