11th April | 2021 | Sunday | 7:16:39 PM

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

  POSTED ON : चैत्र २६, २०७७ (४:४६ PM)

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । 

Views: 42