16th May | 2021 | Sunday | 3:03:49 AM

धनगढीबाट भीम रावलको घोषणा, ‘ओली अवैध अध्यक्ष हुन्’

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (६:०४ PM)

धनगढीबाट भीम रावलको घोषणा, ‘ओली अवैध अध्यक्ष हुन्’

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाउनु भएको छ ।

धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले यस्तो बताउनु भएको हो । ‘केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा बैठक गरेर नेकपा एमालेलाई विभाजन गर्न खोज्नुभएको  छ,’ रावलले भन्नुभयो, ‘त्यस्ले कम्युनिष्ट आन्दोलनलाई पनि विसार्जनतर्फ लैजान खोजेको देखिन्छ । उहाँले राष्ट्रलाई पनि अपठ्यारो दिशातिर लैजाने दुष्प्रयास गर्नुभएको छ ।’  फागुन २८ को भेला पार्टीको नभएर गुटको भएको बताउँदै उहाँले अगाडि थप्नुभयो, ‘प्रधानमन्त्री स्वयमले बालुवाटारमा बोलाएर जनप्रतिनिधिलाई पदको लोभ देखाउने, धम्काउने र डराउने गरिरहनुभएको छ भन्ने मैले सुनेको छु । त्यो निन्दनिय हो ।’ स्वयम ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड र विधान विपरित काम गरेको बताउँदै रावलले आफुमाथि गरिएको कारवाही स्विकार गर्न नसकिने बताउनु भयो । ‘पार्टीको विधान विपरित ओलीले नै पटकपटक काम गरेका छन्,’ रावलले भन्नुभयो, ‘विधान विपरित काम गरेर ओली आँफै अवैध अध्यक्ष भइसकेका छन् । अवैध अध्यक्षले गरेको कारवाहीलाई स्विकार्न सकिदैन  ।’ 

यस्तै पत्रकार सम्मेलनमा नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारवाही गर्न सिफारिस गरिएको पनि जानकारी दिइएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले जिल्ला कमिटी र जनसंगठनका कमिटीहरु पुर्नगठन गर्ने निर्णय पनि गरेको छ । 

कर्ण थापालाई निलम्बन गर्न सिफारिस, जिल्ला कमिटी पुनर्गठन

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले जिल्ला कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले जिल्ला कमिटी र जनसंगठनका कमिटीहरु पुर्नगठन गर्ने निर्णय गरेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

 जिल्ला कमिटी प्रदेश कमिटीको बैठकले नै पुर्नगठन गरेको छ भने अन्य संघठन पुर्नगठन गर्न निर्देशन दिएको छ । कञ्चनपुरको जिल्ला अध्यक्षमा तारालामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई चयन गरिएको प्रदेश कमिटीले जनाएको छ । यस्तै बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ । 

अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ भने रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला कमिटीलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँ्वरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश कमिटीले छ । नौँ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनलाई पनि पुर्नगठन गर्न निर्देशन दिइएको पार्टीका सुदूरपीश्चम ईञ्चार्ज भीम रावलले जानकारी दिनुभयो । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको रावलले बताउनुभयो । 

यस्तै नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारवाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डा गर्दीगर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । 


Views: 136