16th May | 2021 | Sunday | 3:00:19 AM

जसपा बैठक सुरु

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (६:१० PM)

जसपा बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ ।  

आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे  छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाए पछि जनता समाजबादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा भित्र स्पष्ट दुई मत रहेको छ । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताउनु भयो । 

जसपा भित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको बिषयमा सघन बार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् । 

File Photo

Views: 147