16th May | 2021 | Sunday | 1:38:43 AM

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७८ (५:४७ PM)

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । 

समर्थन त पहिले पनि नभएको बताउँदै उहाँले समर्थन फिर्ताको पत्र आजै बुझाउने भनिएपनि आज पाँच बजिसकेकाले भोलि बुझाइने बताउनु भयो ।


Views: 66