16th May | 2021 | Sunday | 3:00:55 AM

विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने कांग्रेसको निर्णय

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७८ (५:५६ PM)

विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट फेल गराउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’

सहमहामन्त्री महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गर्नुभयो ।

File Photo

Views: 69