16th May | 2021 | Sunday | 2:35:50 AM

संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : सभापति देउवा

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७८ (६:४७ PM)

संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताउनु भएको छ । 

मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताउनु भएको हो ।

उहाँले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्ने उल्लेख गर्नुभएको छ ।


Views: 55