15th June | 2021 | Tuesday | 9:25:07 AM

तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई सभापति देउवाको आग्रह

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७८ (७:५० PM)

तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । 

आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो ।

यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि विज्ञप्ति मार्फत देउवाले अपील गर्नुभएको छ । 

देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न उहाँले अनुरोध गर्नुभएको छ । 

साथै सभापति देउवाले देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील समेत गर्नुभएको छ । 


Views: 87