21st June | 2021 | Monday | 12:20:14 PM

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तारको तयारी–को को बन्ने भए नयाँ मन्त्री ? (सूचीसहित)

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (२:२८ PM)

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तारको तयारी–को को बन्ने भए नयाँ मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

आफूसँग रहेका ८ मन्त्रालयको प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारीमा लाग्नुभएको हो ।

यसको लागि ओलीले बिहान बालुवाटारमा नेताहरुसँग छलफल गर्नुभएको थियो । 

२५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् । जसपाले मन्त्रीपरिषदमा झण्डै एमालेको हाराहारीमा हिस्सा पाएको छ ।

यी हुन् नयाँ बन्ने मन्त्रीहरु

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय


३. खगराज अधिकारी,गृहमन्त्री


४. नैनकला थापा, सन्चारमन्त्री


५. ज्वालाकुमारी साह, कृषि मन्त्री


६. राजकिशोर यादव, उद्योग मन्त्री


७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री


८. आशा विक, वन राज्यमन्त्री


Views: 113