21st June | 2021 | Monday | 11:58:33 AM

सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७८ (५:०७ PM)

सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । 

 समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र १४औँ महाधिवेशनको तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाउनु भएको हो ।

एक नेताका अनुसार भोलि दिउँसो २ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा पदाधिकारी बैठक बस्ने छ ।

 कांग्रेसको आगामी ७ भदौदेखि तीन दिनसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।संविधानको व्यवस्थाबमोजिम विधान परिवर्तन गरेर महाधिवेशनको मिति तोकिएकाले महाधिवेशन भदौभन्दा पछिलाई सार्न मिल्ने अवस्था छैन । 

सभापति देउवाले पार्टीभित्रैबाट दबाब भएपछि भदौमै महाधिवेशन हुने प्रतिबद्धता जनाउनु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबार आफ्नो पक्षको भेला गरेर तत्कालै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको थियो । तर, देउवाले केन्द्रीय समितिको सट्टा शीर्ष नेताहरूको बैठक बोलाउनु भएको हो ।


Views: 70