ओलीको प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम : दाहाल

  POSTED ON : असार ७, २०७८ (१२:१५ PM)

ओलीको प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताउनु भएको छ । पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले  उक्त कुरा बताउनु भएको हो । विपक्षी गठबन्धनमा विभाजन नआउने बताउँदै प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाउने बताउनु भएको हो ।

माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधिलाई कारबाही गरेको छ । निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय कमिटीको बैठकबाट हुनुपर्ने बताएपछि उक्त प्रक्रिया पुरा गरेको हो । केन्द्रले एमाले प्रवेश गरेकाहरू कारबाही गरेको हो । 

Views: 87

Top