नेकपा माओवादी केन्द्रद्वारा १४ जना जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन (सूचीसहित)

  POSTED ON : असार ७, २०७८ (१२:४७ PM)

नेकपा माओवादी केन्द्रद्वारा १४ जना जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टी छाडेर एमालेमा प्रवेश गरेका कारबाहीका परेका हुन् । सोमबार बिहान बसेको माओवादी केन्द्रीय कमिटी भर्चुअल बैठकले स्थानीय तह र केन्द्रीय कमिटीका नेताहरुलाई कारवाही स्वरुप पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

कारबाही पर्नेहरु

रिनाकुमार साह, प्रमुख, मौलापुर नगरपालिका, रौतहट

सियाराम कुशवाहा, प्रमुख, कटहरिया नगरपालिका, रौतहट

परनिया देवी, उपप्रमुख, देवाही गोनाही नगरपालिका, रौतहट

गौरीशंकर जयसवाल, उपप्रमुख, मौलापुर नरपालिका, रौतहट

कान्ती देवी, उपप्रमुख, फतुवाविजयपुर नगरपालिका, रौतहट

सीमलाल साह, उपप्रमुख, माधवनारायण नगरपालिका, रौतहट

गीतादेवी शाह, उपप्रमुख, युमनामाई गाउँपालिका, रौतहट

सतमीलाल दास ताती, सदस्य, लहान नगरपालिका, सिरह

शेष फारुक, अध्यक्ष, सम्सी गाउँपालिका, महोत्तरी

छाया देवकोटा, उपप्रमुख, भजनी नगरपालिका, कैलाली

भागिरथी विष्ट, वडाध्यक्ष, गौरीगंगा नगरपालिका ४, कैलाली

शर्मानन्द भट्ट, वडाध्यक्ष, गोदावरी नगरपालिका १, कैलाली

पुरन विसी, वडाध्यक्ष, बर्दगोरिया नगरपालिका ४, कैलाली

सुरेश कुमार थापा, वडाध्यक्ष, चम्पादेवी गाउँपालिका १, ओखलढुंगा


Views: 110

Top