भीम रावललाई भेट्न रावल निवासमा माधव नेपाल

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (६:४८ PM)

भीम रावललाई भेट्न रावल निवासमा माधव नेपाल

काठमाडौं ।  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न रावल निवास टोखा पुग्नु भएको छ । 

बुधबार दिउँसो बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरुको छलफलमा उपस्थित नभएपछि रावललाई भेट्न नेपाल रावल निवास जानु भएको हो ।

नेपाल र रावलबीच कार्यदल तहमा भएको असार २७ गते भएको १० बुँदे सहमतिका विषयमा पनि विवाद छ ।

 गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा नेपालसँग विवाद भएपछि रावलले सोही दिन सांसद पदबाट राजीनामा दिनु भएको थियो । यद्यपि उहाँको राजीनामा स्वीकृत भएको छैन ।

नेता रावललगायत कार्यदलका सदस्यले पार्टी एकताका लागि प्रधानमन्त्री देउवालाई  मत नदिन गर्नु भएको आग्रह नेता नेपालले अस्वीकार गर्दै देउवाको पक्षमा मत दिनु भएको थियो । नेता नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्री देउवालाई मत दिएका थिए ।

 


Views: 103

Top