अमरेशकुमार सिंहले दिनु भयो सांसद पदबाट राजीनामा

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (७:३६ PM)

अमरेशकुमार सिंहले दिनु भयो सांसद पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाउनु भएको छ । 

नेता सिंहले क्रियाशील सदस्यता विवादलाई लिएर बुधबार प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । 

पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान भएको भन्दै राजीनामा बुझाएनु भएको हो । 

पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै पार्टी कार्यलयमा प्रदेश २ का विभिन्न जिल्लाका नेताकार्यकर्ता धर्नामा बसेका छन् ।  उहाँहरुलाई भेट्न तथा मागमा ऐक्यवद्धता जनाउन नेता सिंह धर्ना स्थल पनि जानु भएको थियो । 

अनशन बसेकाहरुको मागका विषयमा पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै नेता सिंहले राजीनामा बुझाउनु भएको हो । 


Views: 91

Top