जसपा विवाद आज टुंगो लाग्ने सम्भावना

  POSTED ON : श्रावण ७, २०७८ (१०:१८ AM)

जसपा विवाद आज टुंगो लाग्ने सम्भावना

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ । 

आयोगले दुवै पक्षका ३-३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २-२ घण्टाको समय निर्धारण गरेको छ । जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा रहे पनि उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्ष भने पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने अडानमा छ ।

Views: 69

Top