अपमान सहेर पार्टीमा नबस्ने नेता नेपालको भनाई

  POSTED ON : श्रावण ७, २०७८ (११:३१ AM)

अपमान सहेर पार्टीमा नबस्ने नेता नेपालको भनाई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताउनु भएको छ । पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले दास कम्युनिस्ट हुन नसक्ने भन्दै उनले अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताउनु भयो । नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताउनु भयो ।

नेपालले कम्युनिस्ट पार्टीको नाम र झन्डा दुरुपयोग हुन दिनु नहुने समेत बताउनु भयो । कम्युनिष्ट पार्टी बिग्रिन नदिन नेता अहंकारी र स्वेच्छाचारी भए कि भनेर जाँच्नुपर्ने उनको भनाइ छ । कम्युनिस्ट पार्टी बिग्रिएपछि ुअरुभन्दा बढी गनाउनेसमेत बताउनु भयो ।

Views: 48

Top