रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह (पूर्णपाठ सहित)

हिमालय टाइम्स   POSTED ON : श्रावण ११, २०७८ (४:४७ PM)

रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह (पूर्णपाठ सहित)

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

अध्यक्ष मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सार्नु भएको छ । 

पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाउनु भएको हो । उहाँले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा यस्तो  प्रस्ताव आन्तरिक छलफल र बहसका लागि अघि सार्नुभएको हो ।

 यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उहाँको धारणा छ ।

प्रस्ताव हेर्न यहाँ क्लीक गर्नुहोला ।






Top