उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान

हिमालय टाइम्स   POSTED ON : श्रावण ११, २०७८ (५:४३ PM)

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादप पक्षलाई आधिकारिकता दिएको जसपाका एक नेताले बताए ।

जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

 जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले सनाखत गराएर आधिकारिकता दिएको हो ।

जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिमा जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्नु भएको थियो भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । रेशम चौधरी भने तटस्थ बस्नुभयो ।


Top