ठाकुर पक्षलाई दल दर्ता गर्न दिने निर्वाचन आयोगको ठहर (पूर्णपाठ)

हिमालय टाइम्स   POSTED ON : श्रावण ११, २०७८ (७:५८ PM)

ठाकुर पक्षलाई दल दर्ता गर्न दिने निर्वाचन आयोगको ठहर (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा फैसला गर्दै आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ । 

महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर गरेको छ ।

आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै ५१ पदाधिकारी र सदस्यलाई बोलाएर हेडकाउन्ट गरी निर्णय गरेको हो । 

 पार्टीको आधिकारिकता यादव पक्षले पाएसँगै ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको छ।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ सदस्य देखिएका छन्। हाल जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ । 

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदै आयोगले ठाकुर पक्षले नयाँ दल बनाउन चाहे दर्ता गरिदिने निर्णय गरेको हो।

पूर्णपाठका लागि यहाँ क्लीक गर्नुहोला ।


Top