एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित

  POSTED ON : भदौ २९, २०७८ (१:३२ PM)

एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ । 

नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो ।

एमालेले आजको बैठकमा पनि नाराबाजी कायम राखेता पनि सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच संसद बैठक अघि बढाउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते बस्ने भएको छ । 

Top