काँग्रेसले जुम्लाले टुङ्ग्यायो उम्मेदवारी

विजय रावत   POSTED ON : आश्विन ९, २०७८ (१:०५ PM)

काँग्रेसले जुम्लाले टुङ्ग्यायो उम्मेदवारी

जुम्ला । नेपाली काँग्रेस जुम्लाले यहाँका सबै वडा अधिवेशन सम्पन्न गरि सकेको छ । जिल्लाको ६० वडाको अधिवेशन सम्पन्न भएपछि यहाँको एक नगरपालिका र सातवटा गाउँपालिकाको अधिवेशन शनिबारदेखि काँग्रेस जुम्लाले सो अधिवेशन गर्ने थालेको छ । गाउँ तथा नगरपालिकाको अधिवेशन दुई दिनभित्र सम्पन्न हुने गरी आजबाट सहमतिको प्रयास थालिएको नेपाल काँग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले जानकारी दिनुभयो । ‘गुठिचौर गाउँपालिकाको सभापति करिब सहमति नजिक छ,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो सबै पालिकामा सहमितका साथ सभापति चुन्ने प्रयास भईरहेको छ ।” काँग्रेसले जिल्ला तथा प्रदेश सभापतिहरुको पनि उम्मेदवारी टुङ्ग्याएको जनाएको छ ।

जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट बहालवाला सभापति दीपबहादुर शाहीको उम्मेदवारी टुङ्गो लागेको महासमिति सदस्य आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका नारायण (विष्णु)बहादुर शाही र पौडेल पक्षका लक्षिमन बोहोरा तथा प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाको उम्मेदवारी टुङ्गो लागेको छ । यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने जनाईएको छ । यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ  ।

Top