प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७८ (२:५३ PM)

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ ।  आजको बैठक पनि केही दिन अघि जस्तै एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए ।  एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो ।

नाराबाजीकै बीच सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गर्नुभएको हो ।


Top