दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन अध्यक्ष दाहालको आग्रह

  POSTED ON : आश्विन २७, २०७८ (१०:३३ AM)

दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुगु, कास्की, अछामलगायत विभिन्न स्थानमा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ ।  एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दसैंको मुखमा भएको घटनाको खबरले मर्माहत बनाएको जनाउँदै दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको छ । दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु ।’

Top