मोहन वैद्य ’किरण’ अस्पताल भर्ना

हिमालय टाइम्स   POSTED ON : आश्विन ३१, २०७८ (६:०९ PM)

मोहन वैद्य ’किरण’ अस्पताल भर्ना

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ’किरण’ अस्पताल भर्ना हुनु भएको छ ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

लामो समयदेखि निमोनियाबाट ग्रस्त वैद्यमा केही दिनयता दमको समस्या देखिएको थियो । एक्कासी दम बढेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

अहिले उहाँको उपचार जारी रहेको अस्पतालका चिकित्सकले जनाएका छन् ।


Top