एमालेले डाक्यो स्थायी कमिटी बैठक

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७८ (३:१५ PM)

एमालेले डाक्यो स्थायी कमिटी बैठक

काठमाडौ । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।
एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ ।
एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

फाइल तस्बिर 

Top