माओवादी केन्द्रको स्थायी कमिटी बैठक : ३४ विभागलाई पूर्णता

  POSTED ON : कार्तिक ४, २०७८ (१२:३२ PM)

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : ३४ विभागलाई पूर्णता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रिय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको बताउनुभयो । उहाँले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिनु भयो । त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ । प्रवक्ता महराका अनुसार पार्टी स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल रहनुभएको छ । उहाँले विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको र त्यसको संयोजकमा सूर्य सुवेदी रहने बताउनुभयो ।  अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलश्रोत, सिँचाइ तथा उर्जा विभागमा लिलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानून, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ, पार्टी स्कूल विभागमा प्रमुख गिरिराजमणि पोखरेल र इन्चार्जमा पुष्प कमल दाहाल, पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानवश्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा, संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, शहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर,  स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमलाको संयोजकत्वमा विभाग गठन गरिएको प्रवक्ता महराले बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘आजको बैठकमा दुई वटा विषयमा छलफल चल्यो, एउटा सम्पर्क समितिको गठन सम्बन्धि निर्णय गरियो, १७५ जनाको सम्पर्क समिति बनाउने भन्ने भयो, त्यो भनेको विभिन्न प्रदेशमा प्रदेशका यहाँ रहेका कमरेडहरुको कमिटी हो, यो डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय निर्माण गर्ने निर्णय गरियो, अर्को विभाग गठन भयो, विभागमा ३३ वटा विभाग, एउटा प्रतिष्ठान, एउटा विभाग विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ, त्यो सूर्य सुवेदीको नेतृत्वमा गर्ने भनिएको छ, त्यसको बारेमा अलि पछि छलफल हुन्छ, बाँकी सबै विभागहरु अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन ३५ सदस्यीय, उद्योग विभागमा वामदेव क्षेत्री ३५ सदस्यीय, उपभोग हीत तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलश्रोत सिँचाइ तथा उर्जा विभागमा लिलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानून न्याय तथा मावाधिकार विभागमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ,पार्टी स्कूल विभागमा प्रमुख गिरिराजमणि पोखरेल र इन्चार्जमा पुष्प कमल दाहाल, पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा,वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत,विज्ञान तथा प्रविधि विभागमा गणेश साह, विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ,शिक्षा तथा मानवश्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा, संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, शहरी विकास विभागमा देवेन्द्र पौडेल,समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर,  स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला, नीति तथा अनुसन्धान प्रतिष्ठान त्यसमा रामचन्द्र झा हुनुहुन्छ ।

प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने बताउनुभयो । उहाँले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताउनुभयो । 

Top