१० बुँदेमा असन्तुष्ट रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा दिने घोषणा

हिमालय टाइम्स   POSTED ON : कार्तिक ५, २०७८ (८:४७ PM)

१० बुँदेमा असन्तुष्ट रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा दिने घोषणा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनु भएको छ ।

उपाध्यक्ष रावलले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई भोलिसम्म पठाउने पनि बताउनु भयो ।

नेता रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिनु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको बताउदै उहाँले भन्नु भयो, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ ।

रावलले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाउनु भयो ।

प्रभु साहले भनेको भरमा केन्द्रीय कमिटीमा कोहि मान्छे राख्नु पार्टीको विधिसम्मत निर्णय नभएको रावलको भनाइ थियो ।




Top