प्रदेश नं १ : प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७८ (२:५८ PM)

प्रदेश नं १ : प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही कार्तिक १५ गतेसम्म स्थगित् भएको छ ।

 आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने बताईएको छ ।


Top