एमालेको पालिका अधिवेशन आज

  POSTED ON : कार्तिक ९, २०७८ (११:०३ AM)

एमालेको पालिका अधिवेशन आज

काठमाडौं । नेकपा नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ । एमालेले आज ७ सय ५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । एमालेले यसअघि शनिबार वडा अधिवेशन गरेको थियो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५  तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ जनाइएको छ । एमालेको १०औँ केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।

Top