अग्रमनको पक्षमा प्रचण्ड र माधव नेपाल आए मात्र एकता सम्भव छ : डा.भट्टराई

चन्द्रकान्त खनाल   POSTED ON : मंसिर १२, २०७८ (१२:१६ PM)

अग्रमनको पक्षमा प्रचण्ड र माधव नेपाल आए मात्र एकता सम्भव छ : डा.भट्टराई

रुपन्देही । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुक अहिले प्रतिक्रान्तिको दिशामा अगाडी बढेकाले देशमा बैकल्पिक शक्तिको आवश्यकता रहेको डा भट्टराईले बताउनु भयो ।

नेपाली काँग्रेसले परिवर्तनको पक्षमा नेतृत्व गर्न सक्ने सम्भावना नरहेपनि प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध संघर्ष गर्न काँग्रेस सहितको गठबन्धन आवश्यक रहेको बताउनु भयो । परिवर्तनका एजेण्डाहरुमा राजनीतिक, सामाजिक र आर्थिक परिर्वतन हुन नसकेको उल्लेख गर्दै नेपालको कमजोर राजनीतिक अवस्थाको फाइदा उठाएर विदेशी शक्तिहरु खेल्न खोजेको नेता भट्टराईले बताउनु भयो ।

उहाँले मुलुक प्रतिगमन र प्रतिक्रान्तिको दिशामा अगाडी बढेको भन्दै डा. भट्टराईले त्यसका विरुद्ध माओवादी शक्ति, जसपा, एकीकृत समाजवादी सहितको बैकल्पिक शक्ति बनाउन सकिने स्पष्ट पार्नुभयो । अधुरो क्रान्ति भएका कारण मुलुकमा प्रतिगमन र प्रतिक्रान्तिकारी शक्ति मौलाएको डा भट्टराईको भनाइ छ ।

उहाँले शासकीय स्वरुपको कमजोरीका कारण दुई तिहाईको सरकार ढलेको उल्लेख गर्दै प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था गरेर स्थायित्व र भ्रष्टाचारको नियन्त्रण गर्न सकिने बताउनु भयो । उहाँले एमालेको चितवन महाधिवेशनलाई ४६ सालको पञ्च¥यालीको संज्ञा दिँदै विचारबाट स्खलित भएको एमालेले तामझाम र तडकभडक देखाएर जनतामा भ्रम सिर्जना गर्न खोजेको बताउनु भयो ।

पत्रकारहरुको एक प्रश्नको जवाफ दिँदै डा भट्टराईले अहिलेको अवस्थामा प्रचण्डसँग अँगालो हाल्ने सम्भावना नरहेको उल्लेख गर्दै अग्रमनको पक्षमा माओवादी केन्द्र आए माओवादी र प्रचण्डसँग माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको पक्षमा एकता हुन सक्ने बताउनु भयो । लुम्बिनी प्रदेशको ४ दिने भ्रमण अन्तर्गत बुटवल आएका भट्टराईले पछिल्लो समय विभिन्न दलहरुमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको बुझ्न सकिने उल्लेख गर्नुभयो ।


Top