काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरेलाई दिइयो जिम्मेवारी

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (१:२१ PM)

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरेलाई दिइयो जिम्मेवारी

काठमाडौं । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

 सभापति देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गर्नुभएको हो । 

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिनु भएको थियो । मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा डडेल्धुराको रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवको राजीनामा मागेको थियो । 

डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  

मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ ।

यादवको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ । 

 काँग्रेसले आगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन हुँदैछ ।


Top