एमाले बन्दसत्र बेलुकी ८ बजेलाई सर्‍यो

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:२० PM)

एमाले बन्दसत्र बेलुकी ८ बजेलाई सर्‍यो

चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न आइतबार १० बजेका लागि निर्धारित बन्द राति ८ बजेका लागि सरेको छ।

चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन जम्मा भएका प्रतिनिधिहरुलाई दिनभरि कुराएर बन्दसत्र ७ बजे गर्ने गरी सूचना जारी गरिएको थियो।

एमाले नेता शेरबहादुर तामाङले बन्दसत्र ८ बजे गर्ने तय भएको जानकारी दिएपनि अहिलेसम्ममा समेत सुरु हुन सकेको छैन । महाधिवेशनमा सहमतिका नेतृत्व चयन गर्ने तयारी भएपनि पार्टीको केन्द्रीय निर्वाचन पूर्व योजनाअनुसार आफ्नो तयारी कायम राखेको छ ।

Top