उपसभापति निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (९:३२ PM)

उपसभापति निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको छ ।

 आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिनु भएको हो ।

उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमिला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन हुनु भएको छ ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको छ ।


Top