एमाले महाधिवेशन : मतदान सकियो, केहीबेरमा नतिजा आउने

  POSTED ON : मंसिर १४, २०७८ (११:३७ AM)

एमाले महाधिवेशन : मतदान सकियो, केहीबेरमा नतिजा आउने

सौराह । चितवनको सौराहमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत भएको मतदान सकिएको छ ।  विद्युतीय माध्यमबाट गरिएको मतदानमा दुई हजार ८५ मत खसेको एमाले नेता योगेश भट्टराईले जानकारी दिनु भएको छ । एमालेका कूल २ हजार १५३ महाधिवेशन प्रतिनिधिमध्ये ६८ जना मतदानमा सहभागी भएनन् । मतदानमा ७० वटा विद्युतीय भोटिङ मेशिनको प्रयोग भएको थियो । 

Top