कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७८ (४:१५ AM)

कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट देखिएको देशहरूबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनुभयो । 

प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी ऐन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, नेपाल विद्युत् प्राधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको ‘अन कम्पास इन्टरनेसनल समिट एण्ड ह्यूमानिटेरियन फोर सिक्स २०२१ पोष्ट पेण्डेमिक ट्रान्सफर्मेसन एन इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । 

प्रवक्ता कार्कीले प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र जनवादी गणतन्त्र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने, नेपाल सरकार र युएनडिपीबीच सम्पन्न भएको स्ट्याण्डर बेशिक असिस्टेण्ट एग्रिमेण्टलाई लागू गर्न कूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने निर्णय पनि गरेको बताउनुभयो ।

यस्तै, मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रूपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । 

प्रवक्ता कार्कीले राजपत्रांकित विशिष्ट श्रेणीका १० जना सचिवहरूलाई सरुवा गर्ने निर्णयसमेत गरेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ भने, शहरी विकास मन्त्रालयमा कार्यरत सचिव डा. रमेश सिंहलाई अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा, एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगमा सरुवा गर्ने निर्णय गरेको छ । 


मारुती सिमेन्टको कर्तुत पढ्न तलको लिंक क्लिक गर्नुहोला ।

सरकार भन्छ– ‘मारुती सिमेन्ट कमसल छ प्रयोग नगर’

विभाग भन्छ- ‘हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ, कारबाही हुन्छ ढुक्क हुनुहोस्’

ठगी धन्दामा मारुती सिमेन्ट, गुणस्तरहीन भएको खुलासा

मारुती सिमेन्ट प्रकरणमा आर्थिक चलखेलको गन्ध

Top