शक्ति प्रदर्शन गर्ने नाममा जनतालाई दु:ख दिँदैनौं : प्रधानमन्त्री देउवा

  POSTED ON : मंसिर २०, २०७८ (११:१२ AM)

शक्ति प्रदर्शन गर्ने नाममा जनतालाई दु:ख दिँदैनौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महात्रिवेशनमा धेरै मान्छे उतारेर नगर्ने बताउनु भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताउनु भयो । देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुस्ख नदिनेसमेत बताउनु भयो । 

प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन । एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन् । अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ । त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन । कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन । हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौं । तर त्यसले जनतालाई दुःख हुन्छ । महामारी फैलिन सक्छ । हामी त्यो पक्षमा छैनौँ ।’

Top