कोभिड रोकथाम र उपचारका बारेमा प्रधानमन्त्रीलाई एमालेको २२ बुँदे ज्ञापनपत्र

  POSTED ON : माघ १, २०७८ (११:२० AM)

कोभिड रोकथाम र उपचारका बारेमा प्रधानमन्त्रीलाई एमालेको २२ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा एमालेका नेता शुभाष नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिभण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । एमाले नेताहरू सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले बालुवाटार पुगेर सरकारको ध्यानाकर्षण गराउनु भएको हो । जबाफमा प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छु, देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले ओमिक्रोन भाइरसको संक्रमणदर बढेकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताउनु भयो । आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताउनु भएको हो ।


Top